डेनमार्कमा पनि नेपालको गणतन्त्र दिवस मनाइयो

171

डेनमार्क /  गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा डेनमर्क स्थित नेपाली राजदूतावासले नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरि गणतन्त्र दिवस मनाएको छ ।

कार्यत्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपालीहरु वाकिङ्गस्ट्रिटमा हिड्ने ठूलो जनसमुदायको उपस्थिति तथा सहभागिता रहेको जनाइएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै राजदूत युवनाथ लम्सालले दुबै दिवसहरुको महत्व, आर्थिक विकासमा नेपालले दिएको प्राथमिकता, नेपालमा लगानी र पर्यटनको अवशरबारे प्रकाश पार्नुभएको थियो । गत वर्ष पनि वाकिङ्गस्ट्रिटमा यस्तै कार्यक्रम गरिएको र ऊक्त कार्यक्रमलाई हरेक बर्ष नियमित पर्वको रुपमा वाकिङ्गस्ट्रिटमा नै मनाइने जानकारी लमसालले गराउनु भएको थियो ।

प्रायः नेपालीहरु आ–आफ्नै भेषभुषा तथा राष्ट्रिय पोशाकहरुमा सजिएका थिए । साँस्कृतिक कार्यक्रमहरुको समन्वय ईनास, डेनमार्कले गरेको थियो र प्रचार प्रसारको समन्वय प्रभात किरणले गर्नु भएको थियो ।

कार्यक्रममा नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी पन्चे बाजा तथा लाखे, झागड, शेर्पा, तामाङ्ग, मारुनी, कुमारी लगायतका लोक नृत्यहरु प्रदर्शन गरिएका थिए ।

कार्यतक्रमस्थल विभिन्न पर्यटन प्रवर्द्धन हुने खालका व्यानरहरुले सजाइनुका साथै पर्यटन सामाग्रीहरु वितरण गरिएका थिए । कार्यक्रमलाई नेपाल पर्यटन वोर्ड र डेनमार्कस्थित गैर आवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च र जनप्रगतिशील मन्च, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास), विवेकशील साझा सद्भाव समूह, क्रियटिभ नेपाली वुमेन ग्रुप, नेपाल म्युजिक फेस्टिभल, वैज्ञानिक तथा प्राज्ञिक समूह आदिले पनि सहयोग गरेका थिए । मन्च सजावटका लागि सुशिला हमालले र तस्विर र भिडियो खिच्नका लागि गुरु प्रोडक्सनले सहयोग गरेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here