दाेस्राे कार्यकालका लागि माेदीकाे सपथ, आठ हजारकाे उपस्थिति

94

नयाँ दिल्ली-  देशविदेशका ८ हजार अतिथिहरुको उपस्थितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक शपथ लिएका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति निवासमा मोदीले बिहीबार साँझ शपथ लिएका हुन्।

उनका सहकर्मी मन्त्रीका रुपमा गृह मन्त्रालय राजनाथ सिंहले पाएका छन् भने अमित शाह तेस्रो वरियताका मन्त्री बनेका छन्।

सिंह र शाहपछि नितीन गडकरीले चौथो मन्त्रीका रुपमा शपथ लिएका छन्। गडकरीले साबिककै यातायात मन्त्रालय पाएका छन्। सदानन्द गौडा, निर्मला सीतारमण, रामविलास पासवान, नरेन्द्रसिंह तोमर,  रविशंकर प्रसादलगायतले पनि मन्त्रीको जिम्मेवारी पाएका  छन्।  हरसिमरत कौर बादल, धावर चन्द गहलोत, एस जयशंकर, स्मृति इरानीलगायतले पनि मन्त्रीको जिम्मेवारी पाएका छन्।

यसअघिको मन्त्रिपरिषदमा शक्तिशाली सदस्यका रुपमा भूमिका खेलेका  विदेशमन्त्री सुषमा स्वराज र वित्तमन्त्री अरुण जेट्लीले भने यसपटक जिम्मेवारी पाएनन्।शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्। साथै बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरु मोदीको शपथ समारोहमा सहभागी भएका थिए।

शपथमा विपक्षी कांग्रेस अध्यक्ष राहुल गान्धी र नेत्री सोनिया गान्धी पनि सहभागी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here