प्रधानमन्त्री ओली भारत प्रस्थान

450

काठमाडौं / प्रधानमन्त्री ओली भारत प्रस्थान गरेका छन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन नेपालका समकक्षी केपी शर्मा ओली आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

मोदीले शपथ ग्रहण समारोहमा निम्ता दिएलगत्तै प्रधानमन्त्री ओलीले औपचारिक भ्रमणमा जान स्वीकार गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार ओली शुक्रबार नेपाल फिर्नेछन् । नयाँदिल्लीमा रहँदा ओलीले भारतका उच्चस्तरका नेता तथा अधिकारीहरूसित भेटवार्तासमेत गर्ने जानकारी परराष्ट्र स्रोतले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here