मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज मलेसिया प्रस्थान

173

काठमाडौं / आगामी साता हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज मलेसिया प्रस्थान गर्दैछ। मलेसिया र चाइनिज ताइपेईविरुद्ध खेल्ने राष्ट्रिय टिमलाई मलेसिया प्रस्थान गर्नुअघि अखिल नेपाल फुटबल संघले विदाइ गरेको छ।

नेपालले जेठ १९ गते आइतबार मलेसियासँग मैत्रीपूर्ण खेल्ने छ भने दोस्रो मैत्री खेल २३ जेठमा चाइनिज ताइपेईसँग खेल्ने कार्यक्रम छ । बलियो ताइपेईसँग खेल्नु नेपालका लागि कठिन मानिएको छ। किनकी फिफा वरियतामा ताइपेई १ सय २५ स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ। मलेसिया भने नेपाल भन्दा ७ स्थान तल १ सय ६८ स्थानमा छ।

नेपालले गत महिना कुवेतसँग २ वटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिदा दोस्रो खेलमा कुवेतले नेपाललाई १–० गोलले हराएको थियो। यस मैत्रीपूर्ण खेललाई विश्वकप फुटबल २०२२ को दोस्रो चरणको छनोटको तयारीको रुपमा लिएको छ। फिफा वरियताको आधारमा नेपाल सिधै दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरण आगामी सेप्टेम्बरदेखि हुँदैछ।

फिफा वरियतामा १६१ औं स्थानमा रहेको नेपाल अप्रिल महिनाको वरियताको आधारमा दोस्रो चरणमा पुगेको थियो। विश्वकपको पहिलो चरणमा एसियन वरियतामा ३५ देखि ४६ औं वरियतामा पर्ने १२ टिमले प्रतिस्पर्धा गर्ने प्रावधान छ। होम एण्ड अवेको आधारमा हुने पहिलो चरणको विजेता ६ टिम दोस्रो चरणमा प्रवेश गर्नेछ।

नेपाल एसिया वरीयताको ३४औं स्थानमा रहँदै दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरणमा एसिया वरियताको शीर्ष ३४ र पहिलो चरणबाट छनोट भएर आउने ६ टिम गरी ४० टिमले प्रतिस्पर्धा गर्नेछन्। ४० राष्ट्रलाई ८ समूहमा विभाजन गरिने दोस्रो चरणमा प्रत्येक समूहमा पाँच टिम हुनेछन्। होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा समूह विजेता आठ टिम र उत्कृष्ट समूह उपविजेता गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ। त्यस्तै, यही १२ टिमले एसिया कप खेल्नेछन्।

नेपाली टिम
गोलकिपर– किरण चेमजोङ, एलन न्यौपाने, विकेश कुथु
डिफेन्डरः विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल
मिडफिल्डरः सुनील बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोस तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here