साढे चार लाखसम्म कमाउनेलाई कर छुट

138

काठमाडौं- सरकारले व्यक्ति र दम्पतीले आयकर छुट पाउने आम्दानीको सीमा बढाएको छ। आगामी आर्थिक वर्ष ०७६ ७७ को बजेटमा आयकर नलाग्ने दरको आम्दानीको सीमा बढाएको उल्लेख छ।

अहिलेसम्म व्यक्तिको वार्षिक तीन लाख ५० हजार र दम्पतीको चार लाख रुपैयाँसम्मको आयकर लाग्दैन। नयाँ बजेटमा यसको सीमा ५० हजार रुपैयाँले बढाइएको छ। नयाँ आर्थिक वर्षमा वार्षिक चार लाखसम्म आम्दानी गर्ने व्यक्ति र चार लाख ५० हजारसम्म आम्दानी गर्ने दम्पत्तीले आम्दानीको एक प्रतिशत सामाजिक सुरक्षा करमात्र तिरे पुग्छ।

आयकरका दरहरू पनि यथावत् छन् । २० लाखभन्दा माथिको करयोग्य आयमा लाग्ने अतिरिक्त कर कायमै छ। त्यसैगरी सेयर लगानीकर्तालाई प्रोत्साहित गर्न प्राकृतिक गर्न प्राकृतिक व्यक्तिलाई लाग्ने करको ५ प्रतिशत कायम गरिएको छ। नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here