नवनिर्वाचित मोदीको नयाँ मन्त्रीमण्डल (सूचीसहित)

22

काठमाडौं– नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद घोषणा गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सपथ लिएका मोदीले शुक्रबार केही मन्त्रीहरुको नाम सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा भाजपा नेता एवम् सांसद राजनाथसिंहलाई रक्षामन्त्रीको जिम्मेवारी दिएका छन् भने भाजपा अध्यक्ष अमित शाहलाई गृहमन्त्रीको जिम्मेवारी दिएका छन् ।

त्यस्तै काँग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई पराजित गर्ने स्मृति इरानीलाई महिला र बालबालिका विकास मन्त्रीको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रीमण्डलमा वित्तमन्त्रीको जिम्मेवारी निर्मला सितारामणलाई दिएका छन् भने पूर्व विदेशसचिव तथा नेपाल मामला जानकार एस जयशंकरलाई विदेशमन्त्रीको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री मोदी आफैले भने आणविक उर्जा, अन्तरिक्ष लगायतका महत्वपूर्ण विभाग हेर्ने मन्त्रालयहरुको जिम्मेवारी लिएका छन् ।

मोदीसहित ५७ जना सांसदले राष्ट्रपति रामनाथ कोविन्दबाट बिहीबार साँझ सपथ लिएका थिए ।

सूची:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here