पर्वतमा ७ वर्षीया बालिका बलात्कृत

454

पर्वत- पर्वतको विहादी गाउँपालिकामा ५ उरामको खोरोपोखरामा ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्।
ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकारेका छन्। सुरजले खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका थिए।

घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरेको हो। पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि स्याङ्जाको वालिङ अस्पतालमा पठाइएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको पनि प्रहरी ले जनाउको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here