राष्ट्रिय जागरण अभियानको दोस्रो राष्ट्रिय सम्मेलन शुरु

578

काठमाडौं /   राष्ट्रिय जागरण अभियान नेपालले आज  काठमाडौंको गोंगबुमा दोस्रो राष्ट्रिय भेलाको शुभारम्भ गरेको छ ।

दुई दिन चल्ने राष्ट्रिय भेलाको उद्घाटन अभियानका अध्यक्ष भरत दाहालले पानसमा बत्ति बालेर गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले जबसम्म सुगौली सन्धि खारेज गरि नेपालको भूमि नेपाललाई फिर्ता गरिंदैन तबसम्म नेपालको संकट समाधान नहुने ठोकुवा गर्नु भयो ।

कार्यक्रममा ६० जिल्लाका प्रतिनिधिहरुको सहभागिता छ । कार्यक्रममा  राजनीतिक विश्लेषक शौरभ, पूर्व राजदूत टंक कार्की, पूर्ब जर्नेल डा. प्रेम सिंह बस्न्यात, अनारसिंह कार्की, शास्त्रदत्त पन्त लगायतको उपस्थिति रहेको छ , भोलि शनिबार बन्दसत्रको कार्यक्रम हुने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here