नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी

73

चितवन / नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुईरतीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here