अमेरिकी भिसाका लागि अब सामाजिक सञ्जालको विवरण पेश गर्नुपर्ने

208

काठमाडौं- अब देखि अमेरिकी भिसाका लागि सामाजिक सञ्जालको विवरण पनि अनिवार्य पेश गर्नुपर्ने भएको छ । अमेरिकाले भिसा आवेदनका लागि सामाजिक सञ्जालका सम्पूर्ण गतिविधिहरु आवेदनसँगै पेश गर्नुपर्ने नयाँ नियम लागू गरेको हो ।

आवेदकले सामाजिक सञ्जालको नाम, ५ वर्ष यताका इमेल ठेगाना र फोन नम्बर अनिवार्य पेश गर्नुपर्ने छ ।

गत वर्ष नै यो नियम प्रस्ताव गरिएको थियो । यो नियमले वार्षीक १४।७ मिलियन मानिसलाई प्रभाव पार्ने जनाइएको छ । तर यो नयाँ नियम कतिपय कुटनीतिक र सरकारी भिसा आवेदकका लागि भने लागू नहुने जनाइएको छ । अमेरिकामा काम गर्न वा पढ्नका लागि जानेहरुलाई भने यो नियम अनिवार्य रुपमा लागू हुने छ ।

यस अघि आतंकवादी नियन्त्रित क्षेत्रका मानिसहरुले मात्र सामाजिक सञ्जालका गतिविधि बुझाउनु पर्थ्यो

आवेदकको एकाउन्टको नाम तथा उनीहरुले चलाइरहेका सामाजिक सञ्जालहरुको नामसमेत दिनुपर्ने भएको छ ।

बीबीसीका अनुसार कसैले आफूले सामाजिक सञ्जाल प्रयोग गर्ने कुराका बारेमा झूठो बोलेमा गंभीर खालको अध्यागमन सम्बन्धी परिणाम समेत भोग्नुपर्ने एक अधिकारीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here