भुवन केसीको रोमान्स रीमासँग

239

काठमाडौं– केही वर्षयता अभिनयबाट टाढा रहेका अभिनेता भुवन केसी पुनः अभिनयमा फर्किएका छन् । उनले फिल्म ‘मिस्टर नेपाली’ बाट कमब्याक गर्ने भएका छन् ।

देव भुषालको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘मिस्टर नेपाली’ मा दोहोरो भूमिकामा प्रस्तुत हुँदैछन् । उनले लामो फिल्म करिअरमा कहिल्यै दोहोरो भूमिका निभाएका थिएनन् । यसमा उनी एक छोरा र पिताको भूमिकामा हुनेछन् । एउटा भूमिका भने नेगेटिभ छ । फिल्मको सोमबारबाट छायांकन सुरु भएको छ ।

सोमवार विहान कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभ साइत गरिएको छ । अभिनेता भुवनले अभिनेत्री रीमा विश्वकर्मासँग जोडीको रुपमा रोमान्स गर्नेछन् । कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहने फिल्ममा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् ।

प्रेमराज दाहालको लगानीमा निर्माण हुने फिल्मलाई निरज कँडेलले खिच्नेछन् । जीवन थापाले सम्पादन गर्नेछन् । अभिनेता भुवनले आफ्नो भूमिका र स्क्रिप्ट मन परेका कारण काम गर्न राजी भएको फिल्मको मुहूर्त समारोहमा जनाए । रीमासँग अनस्क्रिन रोमान्स गर्न पनि आफू निकै एक्साइटेट रहेको उनको भनाई छ ।

रीमा पनि आफ्नो मनपर्ने अभिनेतासँग स्क्रिन साझेदार गर्न निकै उत्साहित रहेको जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here