सबै नदीनाला भारतलाई बुझाउने यो कस्तो राष्ट्रवाद हो ?

179

काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तानाशाह बन्दै गएको आरोप लगाएका छन् ।

जागरण अभियानको क्रममा सुदूरपश्चिमका ९ जिल्लामा घुमेर सुर्खेत पुगेका नेता पौडेलले चुनाव जितेर आएका सबै लोकतान्त्रिक नहुने जनाउँदै सबै अधिकार आफैंतर्फ केन्द्रित गरेर ओली तानाशाह बन्नेतर्फ उन्मुख रहेको जनाएका छन् ।

‘हिटलरले पनि चुनाव जितेर नै आएका हुन्,’ उनले भने, ‘संघीयता विपरीत, संविधान विपरीत काम गर्दै गइरहेका छन् । सबै अधिकार आफैंतर्फ केन्द्रित गरेका छन् । न्यायालय, संवैधानिक निकायमाथि हस्तक्षेप गरिनु यसैको प्रारम्भिक चरण हो।’

उनले नेकपाको दुईतिहाइको सरकारले जनताका मतको दुरुपयोग गरेको आरोप लगाए । चुनावमा नेकपाले देखाएका सपना विपरीत कार्य गर्दै गइरहेको जनाए । ‘हिजो चुनावमा जाँदा कम्युनिस्टले जुन सपना बाँडेका थिए ती सपना पूरा भएका छैनन् ।

नेता पौडेलले भने, ‘२ वटा बजेट ल्याएको सरकारले जनताले अनुभूति गर्ने खालका कुनै पनि कार्यक्रम ल्याएको छैन । आगामी दिनमा पनि सरकारले जनताको काम गर्ने छैन ।’

नेता पौडेलले सरकारले अहिले पनि स्थानीय तह र प्रदेश सरकारलाई अधिकार नदिएको जनाए । ‘गाँउमा सिंहदरबार आयो भनेर प्रचार गरिएको छ,’ उनले भने, ‘अहिले पनि केन्द्रबाटै बजेट दिने गरी केन्द्रिकृत शासन गर्न खोजिएको छ । यसरी संघीयता कसरी कार्यान्वयन हुन्छ रु’ उनले सांसदलाई करोडौं बाँडेर उपभोक्ता समिति बनाई भ्रष्टाचार गर्ने मनसाय रहेको आरोप लगाएका छन् ।

नेपालमा तत्काल पानीजहाजको आवश्यकता नै नभएको नेता पौडेलले जनाएका छन् । ‘केपी ओलीले पानीजहाजको सपना देखाएका छन् ।

नेता पौडेलले पानीजहाज ल्याउने भनेर भन्नुको पछाडि ठूलो स्वार्थ लुकेको आरोप लगाएका छन् । ‘नेपालका सबै नदीनालाको पानी एकै ठाउँमा जम्मा गर्ने र भारतलाई बुझाउने ओलकिो स्वार्थ रहेको जनाउँदै उनले प्रश्न गरे यो कस्तो ओली राष्ट्रवाद हो ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here