विद्युतीय स्कुटरको दर्ता अनिवार्य

86

काठमाडौं / यातायात व्यवस्था विभागले विद्युतीय स्कुटरलाई पनि दर्ता गरेर मात्रै सञ्चालन गर्न दिने भएको छ । दुर्घटना न्युुनिकरण तथा सवारीको अभिलेखका लागि यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । सडकमा गुडेका तर कुनै अभिलेख नभएका यस्ता सवारीलाई १५ दिनभित्र विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्ने निर्णय कार्यन्वयन गर्न परिपत्र भएको महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए । हाल सञ्चालनमा रहेका त्यस्ता सवारीले असार ५ गतेसम्म यातायात व्यवस्था विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here