साउदीमा विप्लव नेकपाको प्रवास संगठन

306

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रवासमा रहेको भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चाले आफ्नो चौथो अधिवेशन सम्पन्न गरेको छ ।

नेपाली जनप्रगतिशील मोर्चा साउदीले १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । मोर्चामा अध्यक्ष युवराज कार्की (शिखर)उपाध्यक्ष सेते घर्ती मगर ९कसम० महासचिव टिकाराम वलि (सुरेश) रहनुभएको छ ।

ज्ञात अज्ञात सहिदको नाममा एक मिनेट मौन धारण गर्दै कार्यक्रम सुरुवात गरिएको थियो । कार्यक्रमको अध्यक्षता तीर्थ पाख्रिनले गर्नुभएको थियो भने कार्यक्रम संचालन कमरेड शिखरले गरेका थिए ।

कार्यक्रममा दिपेश परियारले स्वागत मन्तव्यलाई सम्बोधन गर्दै नेपालका सरकारी दलालहरु प्रवासमा पनि भएका कारण नेपाली जनप्रगतीशील मोर्चा डटेर सामना गर्ने प्रतिबद्धता जनाएका थिए । कमरेड सुरेशले प्रवासमा रहेर आफ्नो धन्दा व्यवशाय चलाएर आफूलाई खाँटी समाजसेवी भन्दै दलाली गर्ने विरुद्ध लड्ने उद्घोष गरे ।

एनआरएनका सदस्य धर्म केसीले नेपाली राजनीतिमा एकमात्र प्रष्ट र देशभक्त रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको रहेको जिकिर गर्दै साउदीमा पनि यो संगठनको भरपुर खाँचो रहेको औल्याएका थिए । नेपालमा सो पार्टीलाई लगाईएको प्रतिबन्धलाई लिएर राज्यको कडा निन्दा गरे । सहिद पुत्र दुर्गा वलीले कबिताद्वारा हामी प्रतिबन्धित मान्छे अब प्रतिबाद गर्दै थप परिबद्ध हुनपर्ने समय आएको जनाउनुभयो ।

नेपाली जनप्रगतिशील मोर्चाका सल्लाहकार दिल सुब्बाले आफ्नो भनाई राख्दै हिजो पनि लडेर आएको र आवश्यक परे राज्यको नलायकपन ,भ्रष्टाचार, घुसखोर र दलालहरुक बिरुद्ध बोल्दा बन्देज लगाउँछ भने त्यस्को प्रतिबाद गर्न आवश्यक परे छिटै नेपाल फर्किने उद्घोष गरे ।

मोर्चाका पूर्व अध्यक्ष तथा सल्लाहकार भानु प्रदेशीद्वारा प्रगतिशील भाइचारा मोर्चाहरुले पठाएको शुभकामना वाचन गर्दै दलाल सरकारका बिरुद्ध सबै एकजुट भएर लड्ने प्रतिवद्धता जनाएका थिए । अन्य वक्ताहरुले पनि मुक्त कण्ठले साउदीमा नेपाली जनप्रगतिशील मोर्चा हिजो भन्दा झन तीव्र गतिमा अगाडि बढ्दै जाओस् भनेर शुभकामना दिएका थिए ।

नेपाली जनप्रगतिशील मोर्चा चौथो अधिवेशनमा सभाअध्यक्ष तीर्थ पाख्रिनले देशको सरकारलाई मान्दैनौं तर राज्यको टेवा पुग्ने काम गर्छौ । प्रतिबन्ध तिनिलाइ गर्नुपर्ने हो उनैको भातृ संगठनलाई जुन राज्यकै आडमा प्रवासमा पनि दलाली धन्दा चलाएर हुन्डी व्यवसाय सम्म चलाएकालाई उन्मुक्ती दिएर हामीलाई प्रतिबन्ध लगाएको सरकारबिरुद्ध अब एक मात्र बिकल्प प्रतिबाद गर्नुपर्ने अबस्था आएको जनाए ।

साउदी मोर्चाको नयाँ कार्यसमितिमा चयन भएकाहरुको नाम यसप्रकार छ :- युवराज कार्की, कसम घर्ति मगर , शुरेस ओली, प्रवीण जिसी, बिपिन शर्मा । सचिवालय सदस्यहरुमा : हिक्मत रोक्का (मगर), राम थापा, कैलाश मैनाली, गणेश अर्याल, इन्द्र बि.क , इस्लाम अलि । सदस्य : थोम गुरूड़् , माधब घिमिरे, सन्देश मगर , तोया भट्ट, केदार रावत, मोहन बि।क, राम खत्री, बिर बा खड्का । मोर्चाको सल्लाहकारमा :-दिल शुब्बा, तीर्थ पाख्रिन र भानु पर्देशी चयन भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here