देबेन्द्रले लिएर आए ‘बग्न थाले म’ (भिडियोसहित)

209

 भनिन्छ ‘सपना त्यो होईन, जो सुतेपछि देखिन्छ, सपना त्यो हो, जसले तपाईलाई सुत्न दिदैन’ । देबेन्द्र बरालले सानैमा गायक हुन्छु भन्ने सपना देखेका थिए संगीतलाई सौख मात्रै ठान्ने नेपाली समाजमा उनको सपना पूरा हुन सकिरहेको थिएन । परिवारका दायित्व बोकेर उनी बिदेशिए । गायक बन्ने सपना मरेको थिएन आफ्नो सपना पूरा गर्न केही वर्षको बिदेश बसाई पछि उनी नेपाल फर्किए र संगीत कर्ममा होमिए।

करिव १ वर्ष अघि ‘तिम्रा आँखाका’ भिडियो सार्वजनिक गरेका उनले रोमान्टिक भर्सनको नयाँ गीत  ‘बग्न थाले म’ सार्वजनिक गरेका छन् ।

यस गीतमा स्वर चर्चित गायिका अन्जु पन्त र देबेन्द्र बरालको रहेको छ। गीतको शब्द डीपी खनालले लेखेका हुन् भने गीतमा संगीत शंकर थापा ‘स्माइल’को रहेको छ।

गीतमा बिश्व अधिकारीको एरेन्ज्मेन्ट छ। पवन सुस्लिङले सम्पादन र छायांकन गरेको भिडियोमा रोहित बिश्वकर्मा र नम्रता श्रेष्ठको अभिनय रहेको छ। शिशिर खातीको कोरियोगार्फी र निर्देशनमा भिडियो निर्माण भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here