नेपाल तेक्वान्दो एकेडेमीको उद्घाटन

53

काठमाडौं / सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एकेडेमीको उद्घाटन गरे । ८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा निर्मित एकेडेमी ४ तलाको छ । एकेडेमीमा कक्षा कोठा, कार्यालय कक्ष, तालिम हल, प्रतियोगिता हल, चेन्जिङ रुम, भीआईपी प्याराफिट, साधारण प्याराफिटलगायत छन् । भीआईपी प्याराफिट ३० जना तथा साधारण प्यारापिट ५ सय जना आट्ने क्षमता छ । यो एकेडेमी निर्माण गर्न ४ वर्ष ६ महिना समय लागेको थियो ।

नेपाल सरकार मार्फत राष्ट्रिय खेलकुद परिषद्को लगानीमा एकेडेमी निर्माण गरिएको हो । यसअघि बुधबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरभित्र निर्मित कराते एकेडेमीको पनि खेलकुद मन्त्री विश्वकर्माले उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here