मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

208

काठमाडौं- बिजुलीबजारमा आज बिहान साइकलमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

दुर्घटनामा बा ४१ प ५३६ नम्बरको मोटरसाइकल चालक ललितपुर पाटनका अमरराज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार काभ्रेकी रितु लामा घाइते भएकी छन्।

मोटरसाइकल रड बोकेको साइकलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here