अवैध लागूऔषध सहित ७ जना पक्राउ

36
Addiction II

काठमाडौं /  काठमाडौं महानगरपालिका- ३१ शंखमुल डेरा गरी बस्ने अनिल कार्कीको कोठाबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित काठमाडौं शंखमुल बस्ने ओखलढुङगा घर भएका संजित लामा लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वधरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाँउस्थित खजुरा गाउँपालिका-२ बस्ने  निरस रानालाई अवैध लागूऔषध ब्राउनसुगर करिब ९ सय ६० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

वर्दिया, गुलरिया नगरपालिका-७ चौगुजी बस्नेराम शरण यादव र भारत घर भएका २४ वर्षीय मुकेश कुमार धोबीलाई नियन्त्रित लागूऔषध १ सय मिलिलिटरको कोरेक्स १९ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, पकहामैनपुर गाउँपालिका-१ धोरे बस्ने बिलिस्टर सहनी र धर्मेन्द्र राउत कुर्मीलाई अवैध लागूऔषद गाँजा करिब ५ केजी सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर २२ जे ६१२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here