अभिनेत्री परमिता अब गायिकाको रुपमा ! (भिडियो)

201

अभिनयको क्षेत्रमा आफ्नो फरक पहिचान बनाइसकेकी मोडल तथा अभिनेत्री परमिता आर.एल. राणाले गायिकाको रुपमा डेब्यु गरेकी छिन् ।

‘क्विन’ शिर्षकको गीत सार्वजनिक गर्दै परमिताले कुनै समय डिप्रेसनको सिकार भएर आत्महत्याको प्रयाससम्म गरेको स्वीकारेकी छिन् ।

उनले गाएको गीत ‘क्विन’मा आफुलाई कमजोर सोच्ने र दुनियाको डरमा आफ्नो क्षमतालाई लुकाउनेहरुलाई मनोबल प्रदान गर्न सक्ने भाव भेटिन्छ ।

सफलता असफलता भनेको मान्छेको आत्मविश्वासले निर्धारण गर्छ र क्षमता सबैमा हुन्छ मात्र चिन्नु पर्छ भन्ने सन्देश गीतमार्फत दिएको छ । परमिताको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here