‘तिम्रो प्रेमले पागल बनायो तिमी बिना मलाई रोगी बनायो’

266

काठमाडौं / नेपाल सरकार, उद्योग विभागको आयोजनामा भृकुटीमण्डपमा यही जेठ २३ गतेदेखि शुरु भएको ३० औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी –२०७६ मा विभिन्न घरेलु तथा साना औद्योगिक सर सामानहरु प्रदर्शनीमा राखिएका छन । कतै अचार त कतै काठमा घरेलु सामान त कतै ढाका कपडाका सामान ,खुकुरीदेखी सबै नेपालमै बनेका सर सामानहरु।२२ देखि २६ समम चल्ने उक्त प्रदर्शनीमा मार्सी चामलदेखी लिएर कपडा तथा अन्य विविध सामाग्रीहरु रहेका छन् ।

यसै प्रदर्शनीमा राखिएको छ कल कल ग्रुपको स्टल । स्टलको अगाडी एउटा सादा कागजमा लेखेर झुण्ड्याईएको छ :
‘तिम्रो प्रेमले पागल बनायो
तिमी बिना मलाई रोगी बनायो’

हामिले यस्को अर्थ बुझ्ने प्रयास गर्यौ । यो कलकलले भनेको नभई ग्राहकहरुले भनेको भनाई हो भन्ने उत्तर आयो ।  कलकलको सामानमा उपभोक्ताहरुको प्रेम स्नेह रहेको र कलकल विना रोगी हुने् कुरा उहाँहरुले जानकारी दिनुभयो।

जो कोही पनि त्यहाँ पुग्थे उक्त लेखिएको पोष्टर हेर्थो र टक्क अडिन्थे । कलकल ग्रुपले राखेको यस स्टलमा कलकल तोरीको तेल कलकल साबुन तथा मह आदी सामाग्रीहरु राखिएका छन् ।

स्वदेशी उत्पादनहरुलाई प्रोत्साहन र प्रबर्दन गर्न सके पक्कै पनि लाखौं युवाहरुले रोजगारी पाउने मात्र नभइ स्वदेशमै उत्पादन भएका सामानहरुले वजार पाउंथे र स-साना बस्तुहरुमा पनि भईरहेको परनिर्भरता कम हुने थियो।

उक्त प्रर्दशनीमा उत्कृष्ट उद्यमी पुरस्कार–२०७६ समेत प्रदान गरिने छ । आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगीकरणका लागि सबै जुटौं’ भन्ने मूल नाराका साथ आयोजित यस प्रदर्शनीमा २ सय लघु, घरेलु तथा साना उद्योगका उत्पादनका स्टल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here