लोकसेवाको विज्ञापन संवैधानिक अराजकता भयो, भर्ना स्थगीत गर्नुपर्छ: जनार्दन शर्मा

181

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको जनाएका छन् ।

उनले यसलाई तत्काल स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग समेत गरेका छन् ।

शुक्रबार बसेको समितिको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले लोकसेवाको विज्ञापन संविधान अनुसार नभएको र संविधान मिचेको धारणा राखे ।

शर्माले बैठकमा भने ‘यसरी विज्ञापन गरेर संविधानमाथि नै प्रहार भयो । यो कुरा गर्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला । तर विषय चित्त दुख्ने र नदुख्ने भन्ने होइन ।’

लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै उनले यस्ता क्रियाकलापले संवैधानिक अराजकता सिर्जना हुने जनाए । ‘यसैका कारण संवैधानिक आयोगकै विरोध हुन थाल्यो । यही हो संवैधानिक अराजकता । यसले राष्ट्रलाई संकटमा पर्छ,’ शर्माको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here