वानप्लस ७प्रो नेपाली बजारमा, यस्ता छन् विशेषता

202

काठमाडौं / परम्परागत प्रविधिलाई चुनौती दिदैँ वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्दै वानप्लस ७प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ । जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ ।

यसको बिल्कुलै नयाँ स्क्रीन तथा एकनासको डिस्प्ले क्यूएचडींफ्लुड एएमओ एलईडी रिजोलुसन रिसोलुसन तथा ९० हर्ज रिफ्रेस रेट भएको यस फोनले साँच्चै सिनेमाको अनुभव प्रदान गर्दछ । यसको कर्भ ऐज–टु–ऐज डिजाइनले झन आकर्षक देखिन्छ । वानप्लस ७प्रोमा भएको ६।६७ इन्च ५५१ पीपीआई फ्लुड एएमओ एलईडी डिस्प्ले अहिलेसम्मकै सबैभन्दा एडभान्स स्क्रीन हो ।

वानप्लस ७ प्रोको अप्ग्रेडेड गरिएको स्क्रीन अनलक टेक्नोलोजिसँगै तपाईंले आफ्नो फोनलाई केवल ०.२१ सेकेण्डमै अनलक गर्न सकिन्छ । यसमा ४००० एमएएच ब्याट्री रहेकाले यसमा दिनभर चार्ज टिक्छ र र्याप चार्जमार्फत केबल २० मिनेटमै तपाईंले फोनलाई पुनःचार्ज गर्न सकिन्छ ।

यसमा लिक्वीड कुलिङ प्रणाली रहेको छ जसले फोनलाई तातिनबाट जोगाउँछ । त्यसबाहेक यसमा यूएफएस ३.० स्टोरेज टेक्नोलोजी रहेको छ जसले लेख्ने र पढ्ने स्पीड बढाउँछ, साथै यसमा नाइट मोड जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् । यसमा १२ जीवी र्याम, क्वालकम स्न्याप ड्रेगन ८५५ मोबाइल प्लायटफर्म र २५६ जीवी सम्मको स्टोरेज क्षमता रहेको छ ।

संसारकै सबैभन्दा अग्रणी गुणस्तर परीक्षण निकाय डिस्प्ले मेटले वानप्लस ७ प्रोलाई यसको सम्भावित उच्चतम स्कोर ए प्लसबाट सम्मानित गरेको छ । वानप्लसले क्रिप्स डिटेल र पावरफुल कन्ट्राससहित नयाँ प्रविधि एचडीआर १०ं ल्याएको छ । यसको डिस्प्ले नेटफिल्क्स, यूट्युब र अमेजोन प्राइम भिडियोका लागि सटिफाइड छ ।

वानप्लस नेपाली बजारमा तिन भेरिएन्टमा उपलब्ध छ । यो ६ जीबी र्याम १२८ रोम सहित ८९ हजारमा उपलब्ध छ । ८ जीबी र्याम र२५६ रोम ९९ हजार ९ सय र १२ जीबी र्यामर२५६ रोमको नेपाली मूल्य १ लाख ९ हजार पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here