रातो मछिन्द्रनाथको भोटो आज देखाइदै

470

काठमाडौँ– वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदै छ। मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ ।

रातो मच्छिन्द्रनाथको जिम्मामा रहेको भनिएको ऐतिहासिक भोटो वास्तविक हकदावी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्ममा रहने भन्ने लोक कथन छ ।

एक महिनाअगाडिबाट सुरु भएको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर सकिन्छ। आज देशका राष्ट्रप्रमुखले भोटो देखाउने चलन छ।

मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । रथ यात्राको बाटो उही छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । रथ पुगेको स्थानमा पुगेको दिन छोय्लाभूु ‘प्रारम्भिक जात्रा’ र त्यसको भोलिपल्ट मूल जात्रा ‘भुज्याः’ गरेर हर्षोल्लासका साथ जात्रा मनाइन्छ ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालाई स्थानीय भाषामा जावलाख्य जात्रा भनिन्छ। जावलाखेलमा रथ पुगेपछि छवासकामुनी पिठमा भात छर्न ल्याउने चलन छ। जा ह्वला ख्य भनेको भात छर्ने मैदान हो। जुन अपभ्रंस भई जावलाखेल हुन गएको हो।

विभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ। मच्छिन्द्रनाथको भोटो देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो। यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब लगायत कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ।

रथबाट चारै दिशामा तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ। फेरि भोटो एक वर्ष पछि त्यही परम्परा अनुसार देखाइन्छ।

हरेक वर्ष भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here