रुपन्देहीको देवदहमा युवकको हत्या, पाँच जना पक्राउ

287

बुटवल- रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको हो ।

बेहोस अवस्थामा फेला परेका थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जनाए ।

उनीमाथि साथीभाइले कुटपिट गरेको जनाइएको छ । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार, उनको निधार र छातीमा निलडाम भेटिएको थियो ।

प्रहरीले उनको हत्यामा संलग्नको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय, बुटवल ल्याइएको छ ।

देवदह क्षेत्रमा यसअघि पनि युवासंघ, रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको कुटपिट गरी हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here