लोकसेवाले विज्ञापनमा कुनै परिमार्जन नगर्ने

95

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि गरिएको विज्ञापन कानून सम्मत रहेकाले त्यसमा कुनै परिमार्जन नहुने जनाएको छ ।

आयोगका प्रवक्ता किरणराज शर्माले संविधान र ऐनले दिएको अधिकार र कानुनी प्रक्रियाको पूर्णपालना गरी विज्ञापन प्रकाशित भएकाले आयोगले कुनै परिमार्जन नगर्ने जनाए ।

‘स्थानीय तहका लागि विज्ञापन कानुनसम्मत तरिकाले गरेका हौं, यसको प्रक्रियामा पनि पूर्णरूपमा कानुनको अनुशरण गरेका छौ,’ शर्माले नागरिकसँग भने ‘विज्ञापन प्रकाशनका क्रममा कुनै त्रुटी भएका भए हामी आफैं करेक्सन गथ्र्यौं, विज्ञापन प्रकाशनमा कानून र प्रक्रियाको पूर्ण पालना गरिएको छ ।’ उनले आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाउने जनाए ।

आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि आवेदन माग गरेको थियो । स्थानीय तहमा खुलाएको विज्ञापनमा समावेशी कोटा कम भएको भन्दै विरोध सुरु भएपछि आयोगले त्यसमा कुनै परिमार्जन नहुने भनाइ सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here