मेयर चौधरीले नाक भाँच्ने धम्की फिर्ता लिँदै भने, आवेगमा त्यसो भनेको हुँ’

108

काठमाडौं- इटहरीका मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको डाँडी भाँच्न एक करोड रुपैयाँ छुट्याएको भन्दै दिएका धम्की आवेशमा भनेको भन्दै सो शब्द फिर्ता लिएका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले आवेगमा आएर फोनमा भएका विषयले पत्रकाजगतप्रति आघात पुगेको भए सो शब्द फिर्ता लिन्छु भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जेठ १ गते इटहरीका एकजना पत्रकार मित्रले फेसबुक कमेन्टको विषयलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रममाहरुमा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्र भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।

मेरो सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय छैन र आगामी दिनहरु पनि रहने छै ।’ उनले इटहरी उपमहानगर पालिका स्वतन्त्र प्रेसको संवैधानिक हक प्रति प्रतिवद्ध रहेकोसमेत जनाएका छन् । उनले सञ्चार जगतमा सुदृढिकरण हुनुपर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here