बिमस्टेक सार्कको विकल्प हुन नसक्ने नेपाली राजदूतको तर्कसँग भारतीय नेत्री सहमत

112

काठमाडौ, भारतको बहुजन समाज पार्टीका अध्यक्ष एवं उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावतीले सार्कको विकल्प बिमस्टेक हुन नसक्ने बताएकी छिन् ।

मायावतीले शनिबार एक ट्वीट गर्दै यस्तो बताएकी हुन् । हालै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय पत्रिका टाइम्स अफ इन्डियासँग गरेको कुराकानीमा सार्कको विकल्प बिमस्टेक हुन नसक्ने बताएका थिए । आचार्यको उक्त तर्कप्रति सहमति जनाउँदै उनले भनेकी छिन, भारतमा नेपालका राजदूतको यो भनाई मननिय छ, बिमस्टेक संगठन दक्षिण एशियाली मुलुकहरुको संगठन सार्कको विकल्प हुन सक्दैन ।

छिमेकीसँग झगडा गरेर कोही पनि खुसी हुन नसक्ने उनले बताएकी छिन् । मायावतीको यो भनाई त्यतिबेला आएको हो जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कलाई बेवास्ता गर्दै बिमस्टेकलाई प्राथमिकतामा राखेका छन् । मोदीले दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा पनि सार्कको सट्टामा बिमस्टेकलाई प्राथमिकतामा राख्ने संकेत गरेका छन् । पहिलो कार्यकालमा सार्क मुलुकका सरकार प्रमुखलाई निमन्त्रणा गरेका उनले यसपटक सार्कलाई छोडेर बिमस्टेकका सरकार प्रमुखलाई निमन्त्रणा गरेका थिए । मोदीकै कार्यकालमा लामो समयदेखि सार्क शिखर सम्मेलन आयोजना हुन सकिरहेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here