भ्रमणमा रहेका प्रधानमन्त्रीलाई काठमाडौंबाट ग्रेटर नेपालको सुझाव

215

काठमाडौं / विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपालले सुझाव दिएका छन् ।

आइतबार प्रधानमन्त्री सचिवालय मार्फत ज्ञापनपत्र दर्ता गराउँदै ग्रेटर राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा बेलायतमा रहेका नेपालका प्रधानमन्त्री के।पी शर्मा ओलीलाई सुगौली सन्धीमा गुमेका भुभाग फिर्ता माग्न सुझाव दिएका छन्।

सुगौली सन्धिअनुसार तत्कालीन बेलायती साम्राज्यमा गाभिएको नेपाली भूमि र सुगौली सन्धिको मौलिक प्रतिबारे बेलायतसँग वार्ता गर्न प्रधानमन्त्री के।पी। शर्मा ओलीलाई ज्ञापनपत्र मार्फत सुझाव दिएका छन् ।

ज्ञापनपत्रको पूर्ण अंश यस प्रकार छ :

सम्माननीय श्री के.पी. शर्मा ओली
प्रधानमन्त्री, नेपाल सरकार, नेपाल
सम्माननीय प्रधानमन्त्री ज्यू ,

उक्त सम्बन्धमा तपाईंको बेलायत भ्रमणप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गंभीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा निम्न लिखित अनुसार सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गर्दछ ।

सन् १८१६ मार्च ४ मा नेपाल र बेलायतबिच सुगौली सन्धि भए यता काठमाडौं र लण्डनमा धेरै परिवर्तनहरु भएका छन् तर सुगौली सन्धिमा गुमेको नेपालको जमिनमाथिको औपनिवेशिक हैसियतमा कुनै परिवर्तन भएको छैन । संसारबाट करिब–करिब सबै उपनिवेशहरु समाप्त भइसके तर नेपालको करिब ६०,००० वर्ग किलोमिटर जमिन २०३ वर्षदेखि उपनिवेशको दासतामा पिल्सिइरहेको छ । सुगौली सन्धिकारी दुवै पक्ष अहिले लन्डनमा औपचारिक भेट वार्तामा संलग्न हुँदा वर्तमान सन्दर्भमा सुगौली सन्धिको औचित्य स्पष्ट गरिनुपर्छ, जुन धेरै पहिले नै भैसक्नुपथ्र्यो ।

बेलायतले आफ्नो संसदबाट पारित गरेको “इन्डिया स्वतन्त्रता ऐन” अनुसार सन् १९४७ अगस्त १४ र १५ मा पाकिस्तान र इन्डियाको निर्माण मात्र गरेको होइन, नेपालको जमिन पनि स्वतन्त्र भएको हो तर बेलायतले विधिवत् रुपमा न नेपाललाई जमिन हस्तान्तरण गरेको प्रमाण उपलब्ध छ न भारतलाई नेपालको जमिन प्रदान गर्ने अधिकार बेलायतलाई छ । तसर्थ यसबारे बेलायती राजकुमार ह्यारी र आफ्ना बेलायती समकक्षीसँग खुलेर वार्ता गरी जमिन फिर्ता माग्न, सुगौली सन्धिको मौलिकप्रति उपलब्ध गर्न र भारतको उपनिवेशमा रहेको नेपाली भूमिमा बस्दै आएका नेपाली नागरिकहरुले भोगिरहेको अनिर्णय, अनिश्चय र दुविधाबाट मुक्त गर्ने वातावरण निर्माण गरिदिन विशेष आग्रह गर्दछौं ।

(फणीन्द्र नेपाल)
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
२०७६।०२।२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here