अमेरिकामा होलिकोप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

231

एजेन्सी / न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर दुर्घटना भएर पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले जनाएका छन् । दुर्घटनामा कोही पनि घाइते नभएको जानकारीमा उल्लेख छ । स्थानीय मिडियाले मृत्यु हुने हेलिकोप्टर चालकको नाम टिम म्याककोर्म्याक जनाएको छ ।

दुईवटा इन्जिन भएको अगस्टा A109E हेलिकोप्टरमा उनी नै एक्ला व्यक्ति सवार रहेको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले बताएको छ । दुर्घटना स्थानीय समयानुसार सोमबार दिउँसो करिब २ बजेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here