जोरपाटीको आन्दोलन थलीमा सरेपछि…

185

काठमाडौं– सडक निर्माणमा ढिलाई गरेको भन्दै काठमाडौंको थलीमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।

युवाहरुले सडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै उनीहरुविरुद्ध अहिले प्रदर्शनकारीहरुले नाराबाजी गरिरहेका छन् । आक्रोसित युवाहरुले सडकमा टायरसमेत बालेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुले सवारी चल्न रोकेका छन् । युवाहरुको अवरोधपछि यो क्षेत्रको सवारी आवागमन ठप्प भएको छ ।

थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन । यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा ढिलाई भएपछि यसैगरी प्रदर्शन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here