बहुविवाह गरेर फरार भएकी महिला पक्राउ

288

काठमाडौं / बहुविवाह मुद्दामा फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा हटिया ९ की रिता भन्ने हिरा चौलागाइलाई सिआइबीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो। उनले २०६६ सालमा स्थानीय ठाकुर प्रसाद चौलागाइँसँग भागेर विवाह गरेकी थिइन् । चौलागाईँको जेठी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि उनीहरुविरुद्ध मुद्दा चलाइएको थियो। सो क्रममा उच्च अदालत पाटन हेटौंडाले उनलाई २ वर्ष कैद र १५ हजार जरिवाना तोकेको थियो।

चौलागाईँको जेठी श्रीमती हुदाँहुदै कान्छी बन्नका लागि उनी जानी जानी विवाह गरेपछि फरार भएकी उनलाई खोजतलास गर्ने क्रममा कपनबाट पक्राउ गरिएको सिआइबीका एसपी दीपक रेग्मीले जनाए । अदालतको आदेशले कैद भुक्तानको लागि उनलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाईएको सिआइबीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here