विश्वमा सर्वाधिक परिश्रमिक पाउने मेसी

153

एजेन्सी / बार्सिलोनाबाट क्लब फुटबल खेल्ने अर्जेन्टाइन स्टार फुटबलर लिओनल मेसी विश्वमा सर्वाधिक परिश्रमिक पाउने खेलाडी बनेका छन्। अघिल्लो पटक बक्सिङमा फ्लोयद मेवेदर भन्दा पछि रहेका मेसी फोर्ब्सले जारी गरेको यस वर्षको सूचीमा पहिलो स्थानमा रहेका हुन्। तर यस वर्ष भने बक्सिङ स्टार मेवेदर शीर्ष १०० भित्र पनि अटाउन असफल रहे।

फोर्ब्सले जारी गरेको सूचीमा मेसीको १२७ मिलियन अमेरिकी डलर रहेको उल्लेख छ। गत वर्षभन्दा उनको कमाई १६ मिलियनले बढेको हो । मेसीले फुटबलबाट ९२ मिलियन डलर कमाएका छन् भने विज्ञापनबाट ३५ मिलियन डलर कमाएका थिए ।

मेसी भन्दा १८ मिलियन कम कमाएका फुटबलकै क्रिस्टियानो रोनालो दोस्रो स्थानमा छन्। पोर्चुगलका स्टार रोनाल्डोको कमाइ १०९ मिलियन छ। बक्सिङका कानेलो अल्भारेज सर्वाधिक कमाउनेमा चौथो स्थानमा छन्। उनको कमाई ९४ मिलयन डलर रहेको छ। पाँचौ स्थानमा रहेका स्वीस टेनिस स्टार रोजर फेडररको कमाई ९३।४ मिलियन डलर रहेको छ।

यस्तै अमेरिकी फुटबलका रसेल विलसन र आरोन रोजर्स क्रमशस् छैटौं र सातौं स्थानमा छन्। बास्केटबलका लेब्रोन जेम्स, स्टेफन करी र केभिन डुरान्त आठौं देखि दशौं स्थानसम्म छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here