पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

96

काठमाडौं- नेपाल पत्रकार महासंघले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयक फिर्ताको माग राख्दै आज तेस्रो चरणाको आन्दोलनको घोषणा गरिएको छ।

महासंघको केन्द्रीय कार्यलयमा पत्रकार सम्बद्ध संघ,संगठन एवम् सरोकारवाला निकाय संग आज छलफल पछि तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो।

सो कार्यक्रमको अवसरमा आज आयोजित कार्यक्रममा जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे,प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा,क्रान्तिकारी पत्रकार महासंघका सचिव रनसुर महतारा ९रमेश० अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरि बहादुर थापा,नयाँ पत्रिकाका सम्पादक उमेश चौहान,लगाएतका सरोकारवाला सघं,संगठनका प्रतिनिधिहरुले आन्दोलन अझै घनिभुत पार्नुपर्ने कुरामा जोड दिएका थिए ।

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारहरुले गरेको आन्दोलनलाई राजनीतिक रङ्ग दिनुका साथै विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपतिजनक भएको ठहर समेत गरेको छ ।

छलफलमा सहभागीहरुले सरकारले नियोजित ढंगले मिडियाको घाँटी निमोठ्न खोजेको भन्दै आम नागरिक एवम् देशभरका पत्रकारहरु शसक्त ढंगले आन्दोलनमा सहभागी बन्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दिलिप थापामगरको अध्यक्षतामा भएको छलफलको सञ्चालन महासचिव रमेश विष्टले गरेका थिए । छलफलमा प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन देखि लालटिन जुलुस र सिटि जुलुस सम्मका कार्यक्रम तय गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here