राष्ट्रिय समाजबादी पार्टी नेपालद्धारा सवारीसाधन भाडा वृद्धिप्रति असन्तुष्टि ब्यक्त

160

काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालले सार्बजनिक सवारीसाधनमा सरकारले वृद्धि गरेको भाडा दर प्रति असन्तुष्टि ब्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष रुद्रजंग पुलामीले प्रेस विज्ञप्ति जारी गर्दै आम सर्वसाधार जनतालाई प्रभावित तुल्याउने गरि भाडा दर १२ प्रतिशत वृद्धि गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बर्तमान सरकारले गरेको अत्यन्तै निकृष्ट एवम जनविरोधी निर्णयले आफु र आफ्नो पार्टीको ध्यानाकर्षण भएको जारी विज्ञप्ति उल्लेख छ । साथै सो निर्णयको घोर बिरोध गर्दै अविलम्ब भाडा दर वृद्धि गर्ने निर्णय फिर्ता लिन माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here