इमोमार्फत चिट्ठा परेको छ भन्दै ठगी गर्ने दुई पक्राउ

186

विराटनगर / इमोमार्फत् ठगी गर्ने दुई जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–११ का २३ वर्षीय निरज मरिक र मोरङको धनपालथान गाउँपालिकाका ३६ वर्षीय श्रवण मलाहालाई २५ लाख रुपैयाँको चिट्ठा परेको छ भन्दै इमोमार्फत् ठगी गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाए ।

दुवैको मिलोमतोमा २०७५ साल पुस १५ गते २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै इमोमार्फत् इलामको माई नगरपालिकाका पासाङ शेर्पालाई ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

चिट्ठा परेको र त्यो वापतको रकम पाउनका लागि कर तिर्नु पर्ने भन्दै शेर्पाबाट दुई पटक गरेर एक लाख २० हजार रुपैयाँ ठगी गरेको खुलेको डीएसपी श्रेष्ठले बताए। पहिलोचरणमा ४५ हजार रुपैयाँ र कम्प्युटर लक लागेको भन्दै दोस्रो चरणमा ७५ हजार रुपैयाँ माग गरेको पाइएको छ। बैंक खातामा रकम शेर्पाले जम्मा गरिदिएपछि भने दुवै जना सम्पर्कविहीन बनेको प्रहरीको भनाइ छ।

दुवैजना विरुद्ध शेर्पाले किटानी जाहेरी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here