शैक्षिक विकासमा पौडेलको महत्वपूर्ण भूमिका रहेको छ : गृहमन्त्री थापा

240

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको जनाउनुभएको छ । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पुर्याउनुभएको योगदान अतुलनीय रहेको जनाउनुभयो ।

पञ्चायतकालदेखि सङ्घीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान जना पु¥याउनुभएको थापाको भनाइ थियो । नेपाल सरकारको शिक्षामन्त्रीका रुपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थापाले जनाउनुभयो ।

नेपाली समस्त आन्दोलनका एउटा नेताको सङ्ज्ञा दिँदै मन्त्री थापाले पौडेलको निधनबाट सिङ्गो पार्टीमा क्षति पुगेको छ भन्नुभयो । पौडेलको ५३ वर्षको उमेरमा आज बिहान माडीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here