युवाविद्यार्थीको प्रश्न, १० लाख डिप्रेशनको शिकार भए कस्ले जिम्मा लिन्छ ?

79

काठमाडौं, लोकसेवा आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ । लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगत देखि नै हुँदै आएकाले यसपटक चुप नलाग्ने बताए । देशभरबाट आन्दोलन शुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन आग्रह समेत गरे । उनले भने,‘देशमा सधै युवाको भविष्यमाथि खेलवाड गरियो, अब असह्य भयो ।’ योग्यता र क्षमतालाई पन्छाएर चाटुकारहरुलाई भनाई गर्ने नियतका साथ विज्ञापन रोक्न खोजिएकाले आम युवा विद्यार्थीहरु सडक संघर्षमा ओर्लनसक्ने अवस्था आउन लागेको बताए ।
समितिका सहसंयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने चेतावनी दिए । उनले भने,‘यस्ता कदम युवाविरोधी हुन् ।’
अभियन्ता पदमबहादुर खत्रीले आफूहरु समावेशी व्यवस्थाको विरोधी नभएको तर समावेशीको नाममा युवाको भविष्य अन्धकार बनाउन खोजिएको आरोप लगाए । देशमा यस्तै अवस्था बनिरहे आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here