प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पछि स्वदेश फिर्ता

646

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन्। यही जेठ २५ गते साताव्यापी युरोप भ्रमण पूरा गरी आज विहान १० बजे स्वदेश आइपुगेका हुन्।

प्रधानमन्त्री ओलीले साताव्यापी भ्रमणका क्रममा स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका छन्। शनिबार जेनेभामा नेपालका राजदूतलगायत अन्य उच्च पदाधिकारीहरुसँग अनौपचारिक छलफल गरेका थिए। यसअघि प्रधानमन्त्री ओलीले २७ गते जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पोखरेल लगायत विमानस्थल पुगेका थिए। फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली जेनेभा हुँदै त्यहाँबाट हिजो काठमाडौं प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here