प्रेसमाथिको नियन्त्रण अस्वीकार्यः काउन्सिल पुर्व अध्यक्ष शर्मा

113

दाङ / प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष तथा अग्रज पत्रकार नारायण प्रसाद शर्माले वर्तमान सरकारले ल्याएको मिडिया विधेयक स्वीकार्य नहुने जनाएका छन् । रिपोटर्स क्लव नेपाल दाङले आइतवार घोराहीको होटल माला इनमा आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष शर्माले सञ्चार क्षेत्रलाइ नियन्त्रण गर्न खोज्ने मिडिया विधेयक तत्काल फिर्ता लिन पनि सरकारलाई आग्रह गर्नुभयो ।

‘सञ्चार क्षेत्रको नियमनलाइ स्वीकार्न विधेयक ल्याउन खोजिएको हो भने त्यो स्वीकार्न सकिन्छ, तर नियन्त्रण गर्न अभिप्रेरीत विधेयक सन्चार कर्मिहरुले स्वीकार्न सक्दैनन्’— रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वअध्यक्ष शर्माले भन्नुभयो, विधेयक नियन्त्रणको मनसायले आएको छ । सन्चारकर्मिहरु जहिलेपनि प्रतिपक्षिको भुमिकामा हुने तर सत्ताधारी जहिल्यैपनि नियन्त्रण गर्न चाहने मनस्थीतिमा रहने पनि शर्माले जनाउनु भयो ।

त्यसै कार्यक्रममा पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा नागरीक अगुवा टिकाराम रेग्मीले विधेयक दुर्गणै दुर्गुणले भरिएको भन्दै सरकारले मिडिया विधेयकलाई खारेजगर्नुपर्ने बताउनुभयो । साथै उहांले ३२ दफाले भरिएको विधेयकमा अधिकांश दफाहरु नियन्त्रणकारी भएको पनि दावी गर्नुभयो । साथै उहांले मिडिया विधेयक खारेजगरी प्रेस काउन्सिल विधेयक ल्याउन पनि सरकारलाइ सुझाव दिनुभयो । कार्यक्रममा स्वतन्त्रताका सेनानी सुुशील गौतमले मिडिया काउन्सिल
विधेयकलाइ सरकारले थेग्न नसक्ने बताउनुभयो । ‘प्रेसलाइ जहिलेपनि कार्यापलिकाको डण्डाबाट टाढा राख्नुपर्दछ, गलत गर्ने पत्रकारलाइ कारवाही गर्ने त अन्य कानुन पनि छन् नी; गौतमले भन्नुभयो ।

कार्यक्रममा पुर्व अध्यक्ष केवि मसालले पनि मिडिया काउन्सिल विधेयक स्वतन्त्रप्रेसका पक्षमा नभएको जनाएका छन् । सो अवसरमा बोल्दै पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष प्रताप रेग्मीले नेपालको संघिय संविधानलेनै पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टि गरेको अवस्थामा फेरी सन्चारजगतलाइ अंकुश लगाउन खोज्ने विधेयक ल्याउन खोज्नु सरकारको गलत नियत भएको जनाउनु भयो ।

साक्षातकार कार्यक्रममा मिडिया विधेयक संगै दाङ जिल्लामा पत्रकारीताको सुरुआत तथा वर्तमान अवस्थाका विषयमा पनि समिक्षा गरिएको थियो । साथै पत्रकारहरुप्रति घट्दै गएको जनमतका विषयमा पनि स्वयम पत्रकारहरुले आत्मसमिक्षा गर्न आवस्यक रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए । कार्यक्रममा जिल्लाका प्राय सवै सन्चार माध्यमका पत्रकारहरुको उपस्थीति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here