संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीले बोलाए पत्रकार सम्मेलन

268

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बेलुका ५ बजे पत्रकार सम्मेलन तय गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए । तर, काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here