सप्तरीमा पनि डेंगु संक्रमित फेला

30

जनकपुर–सप्तरीको कञ्चनरूप नगरपालिकामा डेंगु रोग फेला परेको छ । रगत परीक्षण गर्दा सो नगरपालिकाको वडा नम्बर ६ बस्ने २७ वर्षीय रमाकान्त चौधरीमा डेंगु रोगको संक्रमण देखिएको जनाइएको छ ।

कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताले प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा ल्याबमा चेकजाँच गर्दा चौधरीलाई डेंगुको संक्रमण देखिएको जानकारी दिए ।

त्यसैगरी सोही वडाको जमुवामा आठ जनामा ज्वरो तथा डेंगुको लक्षण देखिएको जनाइन्छ ।

बिहीबार स्वास्थ्यको टोली डेंगुको लक्षण देखिएको जमुवा टोलमा गएर चेकजाँच गर्ने , जनचेतना मुलक र्‍याली प्रदर्शन, सबैलाई सचेत हुन आग्रह गर्ने र लार्भा नष्ट गर्ने अभियान चलाउने , स्प्रे छर्ने जस्ता अभियान चलाइ सावधानी बारे कार्यक्रम सुरु गरिने स्वास्थ्य शाखा प्रमुख गुप्ताले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here