फर्नान्डो टोरेसले १८ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

34

काठमाडौं / स्पेनका विश्वकप विजेता खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् ।

३५ वर्षका टोरेसले एथ्लेटिको मड्रिड, लिभरपुल, चेल्सी जस्ता क्लबबाट करिव १८ वर्ष फुटबल खेलेका थिए । अहिले उनी जापानको लिगमा सागन टोसु क्लबबाट खेलिरहेका थिए । ‘१८ वर्षको रमाइलो समयपछि अब फुटबलबाट टाढिने बेला आएको छ’ उनले ट्वीट गर्दै भनेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर सबै कुरा बताउने उल्लेख जनाएका छन् ।

स्पेनको राष्ट्रिय टिमबाट ११० खेल खेलेका टोरेस २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप जित्दा स्पेन टिममा महत्वपूर्ण खेलाडी थिए । उनले स्पेनका लागि ३८ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here