काठमाडौं– सुनको मुल्य दैनिक १ हजारले बढ्दै गएको छ। हिजो प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज १ हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय पुगेको छ। हिजो १ हजारले बढेर ६४ हजारमा कारोबार भएको थियो।