नेवार चेली बिहे गरेका मन्त्री र प्रधानमन्त्रीहरुलाई बाबुरामको खबरदारी

225

काठमाडौं /  समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सतर्क हुन खबरदारी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा गुठी विधेयकका सन्दर्भमा बोल्दै अध्यक्ष भट्टराईले नेवार समुदायमा ससुराली भएका नेताले नै सरकार चलाइरहेको बेला नेवारहरू सडकमा उत्रिएकोतर्फ संकेत गर्दै सरकारलाई खबरदारी गराएका हुन् ।

‘ज्याइँ न स्वाइँ अगुल्टाले च्वाइँ भन्ने गरिन्छ । अस्ति माइतीघरमा ससुराली खलकले अगुल्टा उचाले । त्यसबाट चाहिँ ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री, ज्वाइँ मन्त्री सतर्क हुनुहोला भन्ने मेरो आग्रह छ,’ उनले भने । आफूले पनि नेवार समुदायमै बिहे गरेको जनाउँदै भट्टराईले सरकारमा रहेका नेवार समुदायका ज्वाइँप्रति व्यंग्य गरेका छन् ।

सरकारले संसदमा ल्याएका विवादास्पद विधेयक लोकतन्त्रसम्मत् नभएका भन्दै भट्टराईले तत्काल खारेज गर्न माग गरे । उनले गुठी विधेयकविरुद्ध काठमाडौंमा ठूलो विद्रोहजस्तो देखिएको जनाउँदै सचेत रहन सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here