एजेन्सी / आईसीसी एकदिवसीय क्रिकेटमा पाकिस्तानका बाबर आजमले दक्षिण अफ्रिकाविरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन् ।
लर्डसमा भइरहेको खेलमा उनले ६१ बल खेल्दै ५ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन् । बाबरको एकदिवसीय क्रिकेटमा यो १४ औँ अर्धशतक हो । यसअघि पाकिस्तानका फखर जमान र इमाम उलहकले ४४/४४ रन बनाउँदै आउट भएका थिए ।