लापरवाही पुरुषको भूमिकामा सलमान खान

462

मुम्बई / बलिउडका सुपरस्टार सलमान खानले आलिया भट्टसंग एउटै स्क्रिन शेयर गर्ने भएका छन् ।

संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा सँगै काम गर्न लागेका सलमान खानले पहिलोपटक ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए । उक्त फिल्ममा ऐश्वर्या राय र अजय देवगन पनि सँगै देखिएका थिए ।

फिल्ममा सलमान खानले ४० वर्षीय अमेरिकी व्यवसायीको भूमिका निभाउने भएका छन् । जसमा आलियाले २०–२२ वर्षकी युवतीको भूमिका निभाउँनेछिन् भने सलमान खानले ४० वर्षका व्यवसायीको भूमिका निर्वाह गर्नेछन् ।

सलमानले लापरवाही पुरुषको भूमिकामा देखिनेछन् । जसलाई जिन्दगीको अर्थ पार्टी, मोजमस्ती भन्ने मात्रै लाग्छ । यसै सिलसिलामा उनका पिताले उनलाई विवाह गरेर सुध्रिनुपर्ने सल्लाह दिन्छन् । यसैक्रममा उनको भेट आलियासँग हुन्छ । सलमानले आलियालाई पिताको अगाडि नाटक गर्न आग्रह गर्छन् तर सलमानको आलियासँग वास्तवमै प्रेम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here