चीनमा भूकम्पका कारण १९ जना घाइते

89

एजेन्सी / चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् ।

सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिवार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । घाइतेहरू सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरूमा लगिएको छ । घाइतेहरूमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्ताजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । स्थानीय समयअनुसार शनिवार राति १०.२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here