चीनले बनायो अत्याधुनिक मानवरहित ड्रोन हेलिकोप्टर

83

एजेन्सी– चीनले एक मानवरहित हेलिकोप्टरको सफल परीक्षण गरेको छ । चिनियाँ सरकारी मिडियाले शुक्रबार यसबारे जानकारी दिएका छन् । यस मानवरहित हेलिकोप्टर निर्माण सफल भएपछि चिनियाँ सेना अप्रेशनका लागि थप मजवुत भएको त्यहाँको सरकारी मिडियाले दाबी गरेको छ ।

एवी ५०० मानवरहित उक्त हेलिकोप्टरले दक्षिण चीनको हुनान प्रान्तको समुद्री इलाकामा मध्यरातमा सफल परीक्षण गरिएको जनाइएको छ । मध्यरातमा खतरनाक स्थितिमा परीक्षण उडान गरिएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले भनेको छ, चीनले यो हेलिकोप्टरको सफल परीक्षण गरेर सेनाको क्षमता थप बढाएको छ । एक रक्षा विशेषज्ञको हवाला दिँदै टाइम्सले भनेको छ, यस ड्रोन हेलिकोप्टरलाई चीनले आफ्नो सीमानामा निगरानी बढाउन उपयोग गर्नेछ । जुन समयमा दुश्मनउपर हमलाको मिसन पनि तय गर्न सक्छ । त्यतिमात्र होइन, यसले आतंकवाद विरोधी मुभमेन्टमा पनि एक्सन लिन सक्छ ।’

यो हेलिकोप्टर तिब्र गतिमा उड्ने मात्र नभई तेज हावा र उच्च आद्रता भएको चुनौतीपूर्ण वातावरणमा समेत समायोजन हुनसक्छ । विशेषगरी चीनले यो हेलिकोप्टर रातको समयमा प्रयोग गर्ने टाइम्सले जनाएको छ । यसले १७५ किलोग्राम सामान बोकेर १७० किलोमिटर प्रतिघण्टामा उडान भर्न सक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here