वर्ल्ड लिंकको सम्पर्क कार्यालय स्याङ्जाको सदरमुकाममा

197

स्याङ्जा /  नेपालमा फाईबर मार्फत छुट्टै छबि जमाउन सफल वर्ल्ड लिंक कम्युनिकेशनले स्याङ्जाको सदरमुकाममा नयां सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । स्याङ्जा बजार आसपासका नागरिकको मागलाई मध्यनजर गर्दै गुणस्तरिय सेवा दिने उद्देश्य सहित पुतली बजार नगरपालिका –१ मा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो । पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्रीले शुक्रबार एक कार्यक्रममा बिच सम्पर्क कार्यालयको बिधिगत उद्घाटन गरे ।

सो अबसरमा बोल्दै मेयर क्षेत्रीले तिब्र गतिको ईन्टरनेटका लागि वर्ल्ड लिंकको नयां कार्यालयलाई स्वागत गरे । उनले स्थानिय नागरिकहरुलाई गुणस्तरिय सेवा प्रदान गरेर बजार बिस्तार गर्न शुभकामना दिए । उनले ईन्टरनेटको माध्ययमबाट बिदेशमा रहेका जो कोही पनि घरमै बसेर कुरा गर्न मिल्ने तिब्र गतिको नेट सेवा प्रदान गर्न सुझाए । त्यस्तै प्रालिका पोखरा शाखा प्रमुख युसफ श्रेष्ठले स्थलगत अवलोकन र आम नागरिकको चाह अनुसार सेवा बिस्तार गर्न सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको जनाए ।

उनले गण्डकी प्रदेशमै वर्ल्ड लिंकको अप्टिकल फाईबर सहितको नेट बिस्तार गर्ने लक्ष्य सहित काम गरिरहेको उल्लेख गरे । उनका अनुसार बिभिन्न प्याकेजमा सेवाहरु प्रदान गर्दै आईरहेको छ । उनले पुतलीबजार नगरपालिकासँग ३ बर्षका लागि ५ मुख्य स्थानमा फ्रिवाईफाईको लागि सम्झौता गरेको जनाए । पोखरा शाखा अन्तर्गत मात्र २० हजार बढि ग्राहकहरु रहको वर्ल्ड लिंक पोखरा शाखाले यस अघि कास्कीको भण्डारढिक, पोखराको बगर, अमरसिंहचोक, राष्ट्रबैंक चोक, स्याङ्जाको वालिङ, तनहुँको दमौली, पर्वतको कुस्मा लगायतका स्थानमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here