कोपा अमेरिकामा जापानलाई जित्नै पर्ने दबाबमा

140

एजेन्सी / कोपा अमेरिकाको अन्तिम ८ मा पुग्ने टोलीको निर्क्यौल गर्न सोमबार २ खेल हुने भएको छ । नेपाली समय अनुसार मंगलबार विहान ४ः४५ बजे हुने खेलमा समूह बी बाट डिफेन्डिङ च्याम्पियन चिलीले उरुग्वे र एसियाली राष्ट्र जापानले इक्वेडरको सामना गर्नेछ। क्वाटरफाइनलमा स्थान बनाउनका लागी समुराई व्लु अर्थात जापानलाई जित्दै पर्ने दबाब छ। २ खेलबाट १ अंक बटुलेको जापान जित निकाल्न सफल भएको खण्डमा क्वारफाइनल प्रवेश गर्नेछ। यदि इक्वेडरले जितेको खण्डमा उत्कृष्ट २ मा पर्दै पेरुसँगै क्वाटरफाइनल पुग्नेछ। पेरु समूह ए बाट १ जित, १ हार र १ बराबरीसँग ४ अंकको साथ उत्कृष्ट २ मा पर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ। जापानले बराबरी खेलेको खण्डमा पाराग्वे गोल अन्तरको आधारमा उत्कृष्ट २ मा पर्दै क्वाटरफाइनल प्रवेश गर्नेछ। यता चिली र उरुग्वेले पहिला नै क्वाटरफाइनलमा स्थान बनायता पनि समूह बिजेताको लागि प्रतिस्पर्धा गर्नेछन। चिली यसअघिका दुबै खेल जितेर समूहको शीर्ष स्थानमा रहँदा उरुग्वेले १ जित र १ बराबरीका साथ दोस्रो स्थानमा रहेको छ। खेल उरुग्वेले जितेको खण्डमा ७ अंकका साथ समूह विजेता बन्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here